चलचित्र परानको प्रचार गर्न अमेरिकाबाट नेपाल आइन् अभिनेत्री पूजा

No ads found for this position
No ads found for this position

काठमाडौं । अभिनेत्री पूजा चन्द चलचित्र परानको प्रचारका लागि नेपाल आएकी छन् ।

सोमबार संयुक्त राज्य अमेरिकाबाट त्रिभूवन सिवमानस्थल हुँदै चलचित्र प्रचार प्रसारका लागि नेपाल आएकी हुन् ।

नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् ।

चलचित्र परानका निर्देशक दीपक आचार्य (काकु) सँग छलफल गरेर नेपाल आएको बताइन् ।

उनले भनिन्, ‘अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्नेकुरा भईराखेको थियो । अनि फेरि उहाँसँग कुरा भयो, अनि उहाँसँग कुरा हुँदा दिदि आउन पाए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो । मेरो श्रीमानले पनि अहिले चाहीँ फेरि ट्रेन्ड नै रहेछ अब कलाकारहरु चाहीँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने, अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गर्‍यौँ ।’

कार्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उनि आमाको भुमिकामा छिन् । दीपकप्रसाद आचार्यबाट निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *