दुई मन्त्रीले लिए सफत, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्मा दुई मन्त्री सफत लिएका छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा सपथ दिलाएका हुन् ।
यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् मा १० सदस्यीय बनेको छ ।
आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिएपनि शपथ रोकिएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थियो ।
