जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित २ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाटबाट शुक्रबार राति गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका छन्।

अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।

गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *