शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
No ads found for this position
No ads found for this position
काठमाडौं । आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ ।
उनको एक साताको उपचारपछि आज कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनको शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
पौडेलले गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
प्रतिक्रिया

