सानुमायाको जोस, राज्यको शून्य लगानीमै पदक जित्ने आत्मविश्वास (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय सबैभन्दा सफल खेलको रूपमा कराँते मानिन थालिएको छ । त्यसमा पनि करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाउँदैछिन् ।

उनीजस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलता दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्नेछिन् ।

कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्नेछिन् । उनि विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।

छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ । केही वर्ष अगाडि सिधै विश्व च्याम्पियनसिप खेल्न पाउँथ्यो । त्यतिबेला नेपालका कुनैपनि खेलाडीले विश्व च्याम्पियनसिप खेलेनन् । अहिले विश्व वरियता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ । जहाँ सानुमाया केही महिनाअगाडि विश्वको उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भइन् । उनको विधामा कुल ३२ खेलाडी खेल्नेछन् । पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाउने प्रावधान थियो । एरिकासहित नेपाली खेलाडीले पेरिसमा छनोट खेले । तर कुनै खेलाडी पनि सफल भएनन् ।

अब आगामी विश्व च्याम्पियनसिपमा नेपालको एक मात्र प्रतिष्पर्धी हुनेछ । क्रिकेटको जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन् । तर राज्य र खेल निकाय बेखबर जस्तै छ । विश्व च्याम्पियनसिपको तयारी गर्न उनीमाथि गर्ने लगानी शुन्य छ ।

क्रिकेटका खेलाडीले उस्तै सफलतामा ठूलो रकम पाए । तर सानुमायाले पुरस्कार त परकै कुरा म्याच एक्सपोजरका लागि सहयोग पनि पाएकी छैनन् । उनीमा म्याच एक्सपोजरको कमी छ । त्यसैले प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने प्रयास गरेका थिए । तर उनको योजना सफल भएको छैन । पहिलो अफिसियल प्रतियोगिताबाट नै प्रमाणित गर्दै सानुमायाले विश्व च्याम्पियनसिप खेल्दैछिन् । तर सम्बन्धित निकायले चासो दिएन ।

देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने उनको अठोट छ । लोकप्रियताकै आधारमा राज्यको खेलाडीप्रति हेर्ने दृष्टिकोण फरक हुनुले उनीहरूमा निरुत्साहित बनाएको छ । तर सानुमाया भने छुट्टै जोश र जाँगर छ । अनि राज्यको शून्य लगानीमै पदक जित्ने आत्मविश्वास उनीमा स्पष्ट देखिन्छ । त्यसैले त उनी अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षणमा छिन् ।

प्रतियोगिता आउन धेरै समय बाँकी छैन । त्यहीअनुरूप आफ्नो कमजोर पक्ष सुधार गर्न प्रशिक्षकले प्रेरित गरेको उनले उल्लेख गरेकी छन् । विश्व च्याम्पियनसिपका लागि उनी धेरै उत्साहित पनि छिन् । एशियन कराँते फेडेरेसनद्वारा हुने पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनले वरियतामा धेरै सुधार गरिन् । त्यसैको आधारमा छनोट हुँदा उनी उत्साहित छन् ।

एशियन गेम्स खेल्ने लक्ष्य राखे पनि विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको उनले महशुस गरेकी छन् । त्यहाँ पदक जित्ने लक्ष्यसहित तयारी पनि गरिरहेकी उनी बताउँछन् । अब विदेशी भूमिमा तयारी गर्ने आफू सोचमा नरहेको र यही प्रशिक्षण गर्दै पदक जित्ने उनको लक्ष्य छ । यसका लागि प्रशिक्षक मण्डेकाजीले आफूलाई धेरै उत्प्रेरणा दिएको सानुमाया बताउँछिन् ।

वर्षभर गरेको मिहनेत दुई मिनेटमा देखाउने भएकाले त्यसका लागि तयार हुन आफ्ना गुरु मण्डेकाजीले भन्ने गर्नुभएको उनी सुनाउँछिन् । विश्वका एकसे एक खेलाडी आउनेमा उनी तयार छिन् । आफू पनि त्यसका लागि तयार रहेको उनको भनाइ छ ।

विश्वका चर्चित खेलाडीसँग खेल्न गुरुले नै प्रोत्साहन गरिरहेको र आफूमा डर हराएको सानुमायाको विश्वास छ । आफ्ना गुरुले ३२ वर्षमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको र आफू अहिले युवास्थामा रहेकाले सफलता दिलाउने आशामा सानुमाया छिन् । मिसन–२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ । हप्ताको एकदिन फिटनेस ट्रेनिङ गरिरहेको उनले उल्लेख गरिन् । चाडपर्व पनि नभनी प्रशिक्षण गरिरहेकाले सफलता मिल्ने आशामा उनी छिन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *