ताप्लेजुङको झोला गोदाममा आगलागी हुँदा ३६ लाखको क्षति

No ads found for this position
No ads found for this position

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-४ को झोला गोदाममा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ ।

कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला गोदाममा मङ्गलबार साँझ ७ बजे विद्युत सर्ट भइ आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी हो ।

प्रहरीका अनुसार गोदाममा आगलागी हुँदा ३ लाख बराबरको झोला बनाउने मेसिन, २० लाख बराबरको तयारी भएका झोला र १३ लाख बराबरको झोला बनाउँन प्रयोग गरिने मेटेरियल गरी जम्मा ३६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको भएको छैन ।

आगो नेपाल प्रहरी, नेपाली सेना, चाडपर्व लक्षित संयुक्त पेट्रोल गस्ती टोली, दमकल र स्थानीय बासीको सहयोगमा साँझ ८ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

तस्बिर : साहारा लिम्बू



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *