चलचित्रकर्मीहरुलाई एक लाखको जीवन बीमा

No ads found for this position
No ads found for this position

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् ।

शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गरेका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताए । उ

उनले भने, ‘२० वर्षको साथीहरुले ७५ हजारको र ३० वर्ष माथिकोले एक लाखको इन्स्योरेन्स गरिएको छ । बिरामी भएर डाक्टरको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा पुग्नुपर्ने छ । ३० दिनभित्रमा चलचित्र विकास बोर्डमा आइसक्नुपर्छ । हामी यो वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा काम गरिरहेका छौँ । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई पनि कटौति गरी ति सबै चिजहरु स्तरोन्नतिमा खर्च गर्नेछौँ ।’

उनले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरुका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *