सुनको मूल्य सात हजार एक सयले बढ्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपैयाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपैयाँ पुगेको बताएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि बिहीबार चाँदी तोलामा तीन हजार २७५ रुपियाँ कायम भएको थियो ।
विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँ बढेको छ । गत भदौ ३० गते सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार रुपियाँ थियो ।
प्रतिक्रिया