बुद्ध एयरका मालिकले खोले नयाँ दल

No ads found for this position
No ads found for this position

काठमाडौं । व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

उनि बुद्ध एयरका मालिकसमेत हुन् । उनले समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न भएर पार्टी खोलेका हुन् ।

आयोगमा दर्ता भएको पार्टीको अध्यक्षमा दिनेश प्रसाईं छन् भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।

उनको पार्टीको आह्वान पत्रमा छ, ‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ। अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

उनको पार्टीको पत्रमा आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून् भनिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *