टिभिएस आइक्युवप्रति ग्राहकको आकर्षण बढ्दै, युनिराइड अटोले जित्यो अवार्ड

No ads found for this position
No ads found for this position

ललितपुर । नेपालमा टिभिएस आइक्युव बिक्रीको २ वर्ष पुरा भएको छ ।

नेपालमा २ वर्ष अगाडि टिभिएसले विद्युतीय स्कुटर आइक्युव सार्वजनिक गरी बिक्री वितरण सुरु गरेको थियो ।

नेपालका लागि टिभिएसको आधिकारिक बिक्रता जगदम्बा मोटर्स हो ।

नेपालमा टिभिएस आइक्युवप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ ।

यसै क्रममा बागमती प्रदेशमा रहेका टिभिएस डिलरहरु मध्ये युनिराइड शोरुम महालक्ष्मीस्थान ललितपुरले सबैभन्दा धेरै आइक्युव बिक्री गर्न सफल भएको छ ।

जगदम्बा मोटर्सले आयोजना गरेको अवार्ड कार्यक्रममा युनिराइडले आइक्युवको सर्वाधिक बिक्रीको अवार्ड जितेका छन् ।

युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले अवार्ड ग्रहण गरेका छन् । ग्राहकको मायाँ र विश्वासकै कारण युनिराइडले अवार्ड जित्न सफल भएको छ ।

टिभिएस मोटर्स कम्पनीका सेल्स हेड विक्रान्त ठाकुर, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कुमार मिश्रा, सेल्स हेड सुशान्त आचार्य, सेल्स प्रतिनिधि उद्देश्य रानाको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा देशभरका अन्य डिलरहरुले पनि विभिन्न शीर्षकमा अवार्ड प्राप्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *