सुनको मूल्य तोलामा साढे २ लाख कट्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको छ।

बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *