जेनजीहरूको असली पार्टी माओवादी हो : प्रचण्ड

No ads found for this position
No ads found for this position

धादिङ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालप्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्

धादिङको थाक्रे गाउँपालिकाको महादेवबेँसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने धारणा राखे।

उनले माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको दाबी गरे। उनले भने, ‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र एजेन्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताए। उनले थपे, ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसले प्रचार गर्ने गरेका छन्। हामी उनीहरुजस्तै होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निर्वाचन गराउने गरी भूमिका खेल्न पनि उनले आग्रह गरे। उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *