कामचलाउ मुख्यमन्त्री सिंहले छाडे पार्टी, जनस्वराजमा आवद्ध भएको घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं । मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत भएका छन् ।

मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन् ।

बुधवार मधेस प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए ।

यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ ।

मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभूवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *