जाइका प्रतिनिधिले अर्थमन्त्रीलाई भने- ‘विपी राजमार्ग पुनःस्थापना छिट्टै हुन्छ’

No ads found for this position
No ads found for this position

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि. सि. मा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपालअमेरिका व्यापार र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरे । सो अवसरमा उले नेपाल ट्रेड प्रिफेन्स प्रोग्रामको म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गरे । त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुइ देशबीचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचारविमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री खनालले साउदी फण्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे । ती भेटवार्तामा नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको थियो । साउदी फण्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन् ।

जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनःस्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे समेत कुराकानी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए

काअनुसार मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एशियाप्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको निरन्तरताबारे छलफल गरेका थिए

बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने विषयमा समेत विचार आदानप्रदान भएको पाण्डेले जानकारी दि । भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *