नेपालले आज ओमानलाई हराए विश्वकप यात्रा पक्का

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।
नेपालले यसअघि पहिलो पटक सन् १०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कारण राख्न चाहन्छ ।
जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल सरह महत्वपूर्ण छ ।
विगतको इतिजा हेर्दा नेपाल ओमानभन्दा बलियो छ । यसअघि दुई टोलीबिच भएको सात भिडन्तमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ ।