ओली, लेखक र खापुङसहितलाई फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट

No ads found for this position
No ads found for this position
काठमाडौं । युवराज पौडेलले जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
उनले जेनजी आन्दोलन दमनमा संलग्न रहेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक र प्रहरी महानिरिक्षक खापुङ लाई पक्राउ गर्न अदालतमा रिट दिएका हुन्।
रिट निवेदनमा उनीहरुमाथि अनुसन्धान नगर्न कसैबाट दबाब परेको भए त्यसलाई बदर गर्न समेत माग गरिएको छ।
सर्वोच्चले मंगलबारदेखि रिट निवेदन लिने निर्णय गरेसँगै सर्वोच्चमा संसद पुनःस्थापना, सुशीला कार्की नेतृत्वको सरकार गठनविरुद्ध रिट पेश भएको छ।
प्रतिक्रिया