राष्ट्र बैंकले वितरण गर्यो तिहार लक्षित धनतरेस चाँदीको मेडालियन

No ads found for this position
No ads found for this position

काठमाडौं । तिहार (धनतेरस)लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) विक्री वितरण शुरु गरेको छ ।

धनतरेसलक्षित राष्ट्र बैंकले चार प्रकारका सिक्का विक्री वितरण शुरु गरेको हो । तर यो वर्ष सुनका असर्फी भने विक्री नगरिने राष्ट्र बैंकले जनाएको छ ।

मेडालियन विक्री वितरण शुरु भएसँगै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सिक्का किन्नेहरुको भीड लागेको छ ।

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ ।

महाखाशाका अनुसार प्रतिव्यक्ति १-१ वटा मात्रै वितरण गरिनेछ ।

खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन महाशाखाको अनुरोध छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *