नेतृत्व हस्तान्तरण गर्न देउवा तयार, पूर्णबहादुरलाई दिए कार्यवाहक सभापति

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापति तोकेका हुन्।

देउवा निकट स्रोतका अनुसार, उनी भोलि उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।

देउवा सिंगापुर प्रस्थान गरेपछि बाँकी केन्द्रीय समिति बैठक पनि कार्यवाहक सभापति खड्काले सञ्चालन गर्ने भएका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताए ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५ औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’

आगामी १५ औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *