३४ दिनपछि कांग्रेस सभापति देउवा सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक भएका छन् ।

जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते भएका उनले पार्टी केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन् । बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए ।

त्यसपछि उनि ३४ दिनपछि पार्टी केन्द्रीय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका हुन् ।

आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन् ।

बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *