कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत, देउवा उपस्थित हुने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हँदैछ ।

जेनजी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका छन् ।

सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको कांग्रेसको मुख्यालयमा कडा सुरक्षा प्रवन्ध गरिएको छ ।

प्रहरीको साथ नेपाली कांग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

बैठकमा नेताहरुले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ ।

बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *