टी-२० वरियतामा नेपाल एक स्थान माथि उक्लियो

No ads found for this position
No ads found for this position

काठमाडौं । आइसीसी टी- २० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। नेपाल यसअघि १८ औं स्थानमा रहेको थियो। हाल एक स्थान सुधार गर्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ (सोमबार) अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो।

ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ।

वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २१ ले जित्नु हो ।

नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो।

नेपालले हाल आइसीसी टी- २० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २ जित दर्ता गरेको छ। नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो।

नेपालले हराएको यूएई १६ औं स्थानमा तटस्थ रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *