सुनको मूल्य एकैदिन ८ हजार १ सय बढ्यो, कति पुग्यो तोलाको ?

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार १ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार ८ हजार १ सय रुपैयाँले बढेर आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ४० हजारमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज एक तोला चाँदी भाउ ३ हजार ३२५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया