ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ: नेविसंघ (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरे ।

उनले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओलीगृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पारे ।

शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दि

लेने, ‘तत्कालीन प्रधानमन्त्रीज्यूगृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर उहाँहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बरको बेलुका जुन घटना घट्योत्यतिबेला नै हामीले प्रधानमन्त्रीज्युगृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिनुपर्छउहाँहरुले राजीनामा दिनुपर्छ । र, शक्तिशाली छानविन आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर हामीले त्यतिबेला पनि भनेका थियौं भने अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ । भोलीबाट एकैचोटी सबै ठाउँमा तत्कालीन प्रधानमन्त्रीगृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर यदि दोषी देखियो भने उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ । र त्यो छानविनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आउनुपर्छउहाँले सिंहदरवार जलाउनुपर्छ भनेर युवाहरुको माईनसेट गर्नु भएको थियोउहाँले सेप्टेम्बरको आन्दोलनको आह्वान गर्नु भएको थियोजसले यो आन्दोलनको लिडर भनिरहनु भएको छ । उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो ।’

नेविसंघले पत्रकार सम्मेलनमा असोज २८ गतेबाट जेन जी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *