भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण छः गृहमन्त्री (भिडियो)
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उनले बताए ।
भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उनको भनाई छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उनले बताए ।
उनले भने, ‘नेपाल भौगोलिक रुपमा सुन्दर छ । तर त्यत्तिकै जोखिमपूर्ण पनि छ । हाम्रो देश भूकम्प, बाढी, पहिरो, डुवान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको मुलुक हो । विपद्का कारण जनधनको ठूलो क्षति हुनुको साथै विकासको गति अवरुद्ध हुँदै आएको तथ्य हामी सबैलाई ज्ञात छ । विशेषगरी २०७२ सालको भूकम्प र त्यसपछिका ठूला बाढी पहिरोहरुले हामीलाई विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व गम्भिर रुपमा वोध गराएका छन् । हामीले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नितिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ । नेपाल सरकारले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । संविधान, राष्ट्रिय निति तथा कानुनहरुले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको छन् । केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका थुपै्र संयन्त्रहरु क्रियाशिल छन् । सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारजगत, नागरिक समाज लगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागित
उनले समुदायको अग्रसरताविना विपद् न्युनिकरण सम्वभ नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिएको बताएयो । विपद् जोखिम न्युनिकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाई छ । नीति निर्माणदेखि कार्यन्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उनले बताए ।