प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

No ads found for this position
No ads found for this position
काठमाडौं । गलत प्रचार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका संयोजक ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।
विभिन्न सामाजिक सञ्जालमार्फत् ‘प्रचण्ड’को निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपियाँ लगेर लुकाइएको भन्दै गलत प्रचार गरेको भन्दै उजुरी परेको हो ।
झुठ्ठा सामग्री प्रवाह गरेर चरित्रहत्या समेत गरिएको भन्दै उजुरी दिइएको हो । सामाजिक संजालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरेको भन्दै सचिवालयले साइबर ब्यूरोमा उजुरी दिएको हो।
प्रतिक्रिया