देसीखोला जिप दुर्घटना- मृतकको सङ्ख्या चार पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका- ४ देसीखोलामा जिप दुर्घटनामा हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।

मृत्यु हुनेमा समकोट गाउँपालिका- ८ को स्याँडा गाउँकी दुई वर्षीया बालिका जागृति रोकाया रहेको प्रहरी जनाएको छ । यसअघि शुक्रबार उक्त दुर्घटनामा परि तीन जनाको मृत्यु भइरहेको थियो ।

मृत्यु हुनेमा चङ्खेली गाउँपालिका६ का वर्ष वर्षीया मनवीर बुढा, उनको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका८ की २६ वर्षीया वसन्ती रोकाया छन् ।

यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।

शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *