टी-२० विश्वकप छनोट: नेपाल आज र यूएईसँग भिड्दै

No ads found for this position
No ads found for this position

काठमाडौं। आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दैछ।

ओमानको अल अमरात क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ।

नेपालले समूह ‘बी’को विजेता र यूएईले समूह ‘ए’को विजेताका रुपमा अन्तिम ६ मा स्थान बनाएका हुन्। सुपर सिक्समा नेपाल र यूएईले दुई अंकका साथ प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोली समूह ‘बी’को विजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो। नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। आफ्नो दोस्रो खेलमा नेपाली टोलीले जापानलाई पाँच विकेटले पराजित गरेको थियो।

अर्कोतिर, यूएई समूह ‘ए’ को विजेताका रूपमा अगाडि बढेको हो। यूएईले आफ्नो पहिलो खेलमा कतारलाई सात विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने यूएईले मलेसियालाई ६ विकेटले हराएको थियो।

‘सुपर–६’ चरणको अंक तालिकामा ओमान, नेपाल र यूएईको समान दुई–दुई अंक भए पनि नेट रन रेटमा यूएईभन्दा नेपाल अगाडि छ । आयोजक ओमान सबैभन्दा राम्रो नेट रन रेटसहित ‘सुपर–६’ चरणमा पुगेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *