राष्ट्रिय स्वाधीनतामा यति ठुलो विदेशी हस्तक्षेप कहिल्यै भएको थिएन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन् ।
शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले राष्ट्रिय स्वाधिनतामा यति ठुलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनि राजनीतिक संकट कायम रहेको उनले बताए। अ
उनले अहिलेको जस्तो ठूलो दबाब नेपालले कहिलै भोग्नु नपरेको जिकिर गरे ।
अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उनले उल्लेख गरे ।
फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको उनले बताए। उनले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे ।