टी-२० विश्वकप छनोटमा आज ३ खेल हुँदै, नेपालले जापानसँग भिड्ने

No ads found for this position
No ads found for this position

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान भिड्दै छन्।

खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुनेछ ।

समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् । दुवैले कुवेतलाई पराजित गरेका थिए ।  कुवेत भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ ।

नेपाली टिम

-रोहित पौडेल (कप्तान)
-दीपेन्द्र ऐरी (उपकप्तान)
-कुशल भुर्तेल
-लोकेश बम
-कुशल मल्ल
-आसिफ सेख
-मोहम्मद आदिल आलम
-करण केसी
-नन्दन यादव
-सन्दीप लामिछाने
-सन्दीप जोरा
-आरिफ सेख
-ललित राजवंशी
-गुल्शन झा
-सोमपाल कामी ।

विश्वकप छनोटका तीन खेल आजै

आइसीसी पुरुष टि-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन्। आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन्।

सुपर सिक्सको प्रतिस्पर्धाबाट शीर्ष तीन टिम विश्वकप छनोट हुनेछन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *