कांग्रेस पदाधिकारी बैठक- नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसको जारी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
केही समयअघिदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए।
बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित छैनन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले देउवालाई बुढानीलकण्ठस्थित उनको निवासबाट बाहिर निकालेर कुटपिट गरेका थिए ।
नेताहरूका अनुसार देउवाको घाउ पूर्ण रूपमा निको नभएकाले उनी बैठकमा सहभागी हुन सकेका छैनन् ।