सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु ! धेरै नचम्किनू : ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सुशीला कार्की नेतृत्वको अन्तिरम सरकार बलमिच्याइँले बनेको संविधान विपरित भएको दाबी गरेका छन्

बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे ।

उनले भने, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ । मेरो पासपोट रोक्ने रे, मलाई काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’

यस्तै उनले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिए । उनले गृहमन्त्रीलाई देश चलाउने कुरामा ख्याल ठट्टा नगर्न आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *