जेनजी प्रदर्शनपछि नेपाली समाज आतंकमा बाँच्नुपर्ने विडम्बनापूर्ण अवस्था छ: शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवर्द्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर बताए । उनले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको उल्लेख गरे ।
यस्तै उनले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने बताए ।
उनले भने, ‘सरकारबाट हामी हट्नुपर्यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ। हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ। जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
उनले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएकोजस्तो कुप्रचार गरिरहेको टिप्पणी गरे ।