बालेन र सुदनको छानबिन गर्नुस्, ओलीलाई छोए देशभरि आगो बल्छ: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् ।
भक्तपुरमा गुण्डुमा एमालेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् । उनले गृहमन्त्रीलाई हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा नलाग्न आग्रह गरे ।
उनले भने, ‘नेकपा एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन् । हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’
उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न गरे । उनले बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’