माइतीघरबाट प्रहरीले नियन्त्रणमा लियो डा. निकोलससहित कही युवा

No ads found for this position
No ads found for this position
काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका डा. निकोलस भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।
माइतीघर परिसरमा अहिले प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।
काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो ।
प्रतिक्रिया