बिहीबार माइतीघरमा जेनजीको एउटा समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा

काठमाडौं । जेनजीको एउटा समूहले काठमाडौंको माइतीघर मण्डलामा असोज २३ गते शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै जिल्ला प्रशासनलाई निवेदन दर्ता गराएको छ।
उक्त निवेदनमा जेन्जी मुभमेन्टका तर्फबाट विजय शाह (अछाम) र पवन मल्ल (दाङ) को हस्ताक्षर रहेको छ।
शाह र मल्लले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ- देशमा परिवर्तनका लागि युथद्वारा गरिएको जेन्जी विद्रोहका माग लामो समयदेखि बेवास्ता हुँदै आएकाले ती मागको स्मरण र युवाको बलिदानलाई सम्मान दिलाउने उद्देश्यसाथ जेनजी मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको गरेको छ।
यस्तै निवेदनमा हामी युवा पुस्ताको तर्फबाट जेन्जी विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गराउँदै, युवाको बलिदान खेर नजाओस् र उनीहरूको बलिदानलाई न्याय मिलोस् भन्ने उद्देश्यका साथ असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौं।
यो समूहले प्रदर्शन अहिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक हुने जनाएको छ।