उरन्ठेउलो केटा सुदन गुरुङले सरकारलाई निर्देशन दिन मिल्दैन: महेश बस्नेत
'बालेनको योजनामा ओली, लेखक र मलाइ पक्राउ गर्न षड्यन्त्र गरिँदै छ'

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले वास्तविक जेनजी आन्दोलनका मुद्दा अपहरण भएको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले जेनजीका मुद्दा भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि आन्दोलनमा आतंकवादी गतिविधि देखिएले उनिहरुका मुद्दा अपहरण भएको बताए ।
उनले भन्दै २३ बेलुकादेखि २४ गतेसम्मको आन्दोलन अरबी मुलुकको भन्दा फरक नरहेको बताए । जेनजीका नाममा हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको उनको दाबी छ ।
बस्नेतले बालेनको योजनामा जेनजी आन्दोलनका नाममा नेताहरुको घर लोकेट गरेको, अहिलेपनि साइबर अपराधमार्फत लुटपाट भइरहेको भन्दै गृहमन्त्रलाय त्यसैको संरक्षणमा लागेको बताए ।
यस्तै उनले सुदन गुरुङ नामको उरन्ठेउलो केटाले अनाधिकृत रूपमा सरकार र सरकारी निकायलाई निर्देशन दिन उद्यत रहेको बताए ।
उनले भने, ‘विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ । सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’