सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
मंगलबार २३ सय रुपैयाँले बढेको सुन आज २६ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो।
सुनको मूल्य बढेपनि चाँदी भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार एक तोला चाँदी २ हजार ९६० मा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया