७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला, यस्तो छ कारण

No ads found for this position
No ads found for this position

काठमाडौं । ७ जना नेपालीहलाई अमेरिकाले नेपाल फर्काइदिएको छ ।

यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा उनिरुलाई अमेरिकाले नेपाल फर्काइदिएको हो ।

अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । डिपोर्ट भएकाहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् ।

उनिहरुलाई अमेरिकाले यौन दुराचार र शारीरिक दुर्व्यवहार, डकैती, आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि प्रलोभन, मादक पदार्थ सेवन लगायतका अभियोगमा नेपाल डिपोर्ट गरिएको खसोखास डटकमले उल्लेख गरेको छ।

ती नेपालीहरुलाई न्युयोर्कको जोन अफ केनेडी विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, भर्जिनिया, एरिजोना र टेक्सासबाट डिपोर्ट गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *