नेपाल दोस्रोपटक टि-२० विश्वकप खेल्न आतुर, आज कुवेतसँग भिड्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ।

यो प्रतियोगितामा सहभागी टिमहरुमध्ये कागजी रुपमा नेपाललाई नै सबैभन्दा बलियो मान्न सकिन्छ । वेस्ट इन्डिजले नेपाललाई कमजोर आँक्दा सिरिजमा १-२ को नमिठो हार चाख्नुपर्यो ।

नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्। नेपाल र कुवेतको भिडन्त बुधबार राति ८:४५ बजे सुरु हुनेछ ।

आइसिसीको टी–२० वरियतामा नेपाल १८औँ स्थानमा रहँदा कुवेत २३ औँ र जापान ४४औँ स्थानमा छन् । तर, तल्लो वरियतामा रहेका धेरै देशले माथिल्ला वरियताका राष्ट्रलाई हराएको रेकर्ड क्रिकेटमा धेरै छन् ।

नेपालसँगको पछिल्लो भेटमा कुवेतले ३ रनको अप्रत्याशित जित निकाल्दै त्रिदेशीय सिरिजको उपाधि जितेको थियो । जापानसँग भने नेपालले पहिलो पटक खेल्न लागेको हो । जापानले पहिलो पटक क्षेत्रीय छनोट खेल्दैछ ।

समूह चरणमा एक मात्र जित निकाले पनि नेपाललाई अर्को चरणमा पुग्न सहज हुनेछ ।दोस्रो चरणमा प्रवेश गरेमा नेपालले युएई, पपुवा न्यूगिनी, ओमन जस्ता चिरप्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर : क्यान ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *