सरहार विदेशी दबाबमा होइन, विधिमा चल्नुपर्छ : ज्ञानेन्द्र शाही

No ads found for this position
No ads found for this position

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुसिला कार्कीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्न अपिल गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन्।

उनले भनेका छन्, ‘विदेशी राजदूतावास केन्द्रत भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।’

उनले सरकारलाई आन्दोलनको म्यान्डेट नबिर्सन र परिवर्तनका लागि बलिदान दिने सहिद, घाइते एवं पीडितलाई न्याय दिन विशेष जोड दिएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *