विद्युतीय गाडी मोटरसाइकलमा ठोक्किँदा १४ जना घाइते

No ads found for this position
No ads found for this position

हेटौँडा । मकवानपुरको बागमतीमा विद्युतीय गाडी (इभी) र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदैगरेको इभी र मोटरसाइकल मङ्गलबार बिहान बागमती गाउँपालिका-४ झुरझुरेमा ठोक्किएर दुर्घटना हुँदा १३ यात्रुसहित मोटरसाइकल चालक घाइते भएका हुन्।

मधेस प्रदेश ००२/००१ ज ००७२ नम्बरको इभी गाडी ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग झुरझुरेमा ठक्कर खाएको थियो । घाइतेहरूको सान्बी मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।

तस्बिर: विवेक सिङ्तान ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *