सेनाको हेलिकप्टरबाट ४ गर्भवती महिलाको उद्धार

काठमाडौं । अविरल वर्षापछि बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा पूर्वी नेपालका विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ४ गर्भवती महिलाको उद्धार गरिएको छ।
इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या राई, इलाम जिल्ला सन्दकपुर गा.पा. १ छाँगेबाट कमलादेवी राई, पाँचथर जिल्ला फिदिम न.पा. १२ पुल भञ्याङ्गबाट २४ वर्ष वर्षीया लिम्सा लिम्बु र संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा ३ हुङगुङबाट ४२ वर्षीया छिटेक भोटे गरी ४ जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी बिएण्डसि अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर लगिएको सेनाले जनाएको छ ।
यसअघि इलामको माबुवाट ४ जनालाई आजै बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
तस्बिर : नेपाली सेना ।