माओवादी चुनावमा जान्छ, अरु दलसँग छलफल गर्छौं : प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने चुनावमा माओवादीले भाग लिने बताएका छन् ।

माओवादीले केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पहिलो सचिवालय बैठकमा यस्तो निर्णय गरेको प्रचण्डले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौं।’

उनले घोषित मितिमा चुनाव हुनुपर्ने र सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *