धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।
जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेर भाइरल बनेका ती युवाले आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
थापाकटेरीका ३० वर्षीय यम बहादुर कँडेल (जिरे)ले आइतबार राति साढे ८ बजेतिर खाना पस्कन लागेका बेला ५४ वर्षीया आमा राममाया माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ ।
जेनजी आन्दोलनको दिनदेखि नै उनमा मानसिक समस्यामा रहेको र सोमबार उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा आइतबार नै उनले आमाको हत्या गरेका छन् ।
उनले आन्दोलनका दिन सुरक्षाकर्मीसँग यस्तो भनेका थिए-