सुन-चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्यले हालसम्मकै ऐतिहासिक रेकर्ड बनाएको छ।
आज सुन १५ सय र चाँदी ३० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६ सय पुगेको थियो।
सोमबार सोही परिमाणको सुनको मूल्य २ लाख ३३ हजार १ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। ३० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य २ हजार ९ सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
प्रतिक्रिया