स्पेनिस ला लिगा : बार्सिलोनाको लज्जास्पद हार

No ads found for this position
No ads found for this position

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियासँग लज्जास्पद हार बेहोरेको छ। गएराती सम्पन्न खेलमा सेभियाले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आइतबार सेभिलालाई स्टाडियो आर. सान्चेज पिज्जुआनमा जित दिलाउन टोलीका अलेक्सिज सान्चेज, इशाक रोमेरो, जोस एन्जल कार्माना र एकोर एडाम्सले समान एक गोल गरे । १३औं मिनेटमा रोनाल्ड अराउजोले रोमेरोलाई फाउल गरेपछि एलेक्सिस सान्चेजले पेनाल्टीबाट सेभिल्लालाई अग्रता दिलाए। त्यसपछि रोमेरोले नै अर्को काउन्टर आक्रमणबाट ३६ औं मिनेटमा दोस्रो गोल थपे।

बार्सिलोनाका मार्कस रासफोर्डले पेड्रीको पासमा पहिलो हाफकै अन्त्यतिर एक गोल फर्काए। ९०औँ मिनेटमा सेभिलाका कार्मानाले गोल गर्दै अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए । खेलको इन्जुरी समयमा एडाम्सले चौथो गोल गर्दे टोलीको जित सुनिश्चित गरे ।

यो जितपछि सेभियाको ८ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । ८ खेलमा १९ अंक रहेको बार्सिलोना लिगमा दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *