इलाममा सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

No ads found for this position
No ads found for this position

इलाम । दुई दिन देखि आएको अविरल वर्षापछि आएको पहिरोमा परी घाइते भएका दुई जनालाइ नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

इलामको माङ्सेबुङस्थित गजुरमुखीबाट गम्भीर अवस्थाका एक महिला र एक पुरुषलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार उपचारका लागि लगिएको छ ।

घाइतेमध्ये महिला गर्भवती रहेको जनाइएको छ ।

यता गए रातिको बाढी पहिरोमा परी सूर्योदय १ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका ६ मा ६ जना, माङ्सेबुङ १ गजुरमुखीमा तीन जनाको ज्यान गएको । वर्षाको कारण जिल्लाभर भएको मानवीय क्षतिको अझै विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *