बाढीले हुलाकी मार्ग भत्कायो, दुईसय सय घर परिवार डुबानमा

No ads found for this position
No ads found for this position

दमक । आइतवार आएको बाढी झापाको झापा गाउँपालिका वडा- २ को बस्तीमा पसेको छ । हुलाकी मार्गको करिव दुईसय मिटर भत्काएर बाढी बस्तीमा पसेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब दुईसय घर परिवार डुबानमा परेपछि उनीहरुको उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ ।

यस्तै कन्काइमा आएको बाढीले हुलाकी मार्गमा क्षति पुगेपछि सडक अवरुद्ध बनेको छ ।

सडक भत्काएर बाढी बस्तीमा पसेपछि स्थानीयहरुको भागाभाग भएको छ । जनपथ, सशस्त्र र स्थानीयको सहयोगमा उद्धार कार्य भएको प्रहरीको भनाइ छ । कन्काई खोलामा खतराको सतर्कताभन्दा माथि पानीको बहाव पुगेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *