२ दिनको वर्षाले आएको बाढीपहिरोमा परि ३९ जनाको ज्यान गयो

काठमाडौं । शनिबार र आइतबार परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको छ ।
सशस्त्र प्रहरीको तथ्याङ्क अनुसार बाढी पहिरोमा परि ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता छन् ।
उदयपुरमा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
सोहीअनुसार मधेसको रौतहटमा ३ जनाको ज्यान गएको छ । बारामा एक जना बेपत्ता भएका छन् ।
त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् ।
पानी पर्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।