धरान-धनकुटा सडकखण्ड अवरुद्ध, हिले-लेगुवा खण्ड पनि बन्द

No ads found for this position
No ads found for this position
काठमाडौं । धरान-धनकुटा सडकखण्ड अवरुद्ध भएको छ। धरान-४ स्थित निशाने र शिखरबास क्षेत्रमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी जनाएको छ।
पहिरोले सडक पूर्णरूपमा अवरुद्ध हँदा धरानबाट धनकुटा हुँदै पहाडी जिल्ला जानका लागि छुटेका सवारीसाधन धरान फर्किरहेका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
यात्रुहरूलाई सुरक्षित स्थानमा राखिएको र वर्षा रोकिएलगत्तै बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
यस्ती धनकुटाको हिले हुँदै पाख्रिबास-लेगुवा जाने सडक पनि पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डमा समेत पहिरोले क्षति गरेका कारण त्यहाँसमेत सवारी आवागमन बन्द भएको छ ।
प्रतिक्रिया